दार्चुला । दार्चुलामा जिप दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ ओसिलमा जिप दुर्घटना हुँदा सिचाई कार्यालय दार्चुलामा कार्यरत दुई जना कर्मचारीको मृत्यु भएको छ । मृत्युु हुनेमा एक जना पुरूष र एक महिला रहेको बताइएको छ । घाइते तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रहरी टोली घटनास्थलमा पुगेको छ । अहिले जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालय गोकुलेबाट पनि टोली घटनास्थलतर्फ गइरहेको छ । घटनाको थप विवरण पुष्टी हुन बाँकी रहेको छ ।




