दार्चुला । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार दुई सय ३३ पुगेको छ ।

गएको २४ घण्टामा दुई हजार दुई सय २५ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार दुई सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १३ हजार आठ सय ४६ जनाको पीसीआर परीक्षण गरिएको हो । काठमाण्डौ उपत्यकामा भने एक हजार एक सय १० जना थपिएका छन् ।

यस्तै गएको २४ घण्टामा दुई हजार आठ सय ४६ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या एक लाख आठ हजार तीन सय ३४ पुगेको छ । अब नेपालमा ४६ हजार ५७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै गएको २४ घण्टामा १३ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ सय ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?