जाजरकोट । घर लिप्ने माटो निकाल्ने क्रममा ढिस्कोले पुर्दा दुई महिलाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् ।

मृत्यु हुनेमा छेडागाड नगरपालिकाको वडा न ३ चुवाकि ३० वर्षीया सितला जैसी र सोही गाउँकि १६ वर्षिया आरती दाहाल रहेकी छन ।

त्यस्तै घटनामा परि सोही गाउँकि २४ वर्षिया सरिता जैसी र छेडागाड ४ कि ५१ वर्षिया धनसरा चदारा घाईते हुनु भएको छ ।

दशैको लागि घर लिप्ने माटो लिन स्थानीय महिलाहरु आफ्नो टोल भन्दा झन्डै ४ किलोमीटरको दुरी टाढा दशेरा भन्ने ठाउँमा गएका थिए । माटो निकाल्ने ठाउँमा सुख्खा पहिरो गएको स्थानीयले बताएका छन ।
जाजरकोटका प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठ ले घाईतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा मत्यु भएको बताउनुभयो ।

घाईते दुई जना घाइत महिलाहरुहरु लाई जाजरकोटका प्रतिनिधिसभा सदस्य एवं वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेत को पहलमा नेपाली सेनाकोे हेल्किकोप्टर मार्फत सुर्खेत पठाईएको छ ।
घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय दशेराका असई कमानसिह रामजालीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?