दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का स्वर्गीय गोविन्द जोशीको असामयिक निधनपछि उहाँको परिवार आर्थिक तथा सामाजिक संकटमा परेको छ।

एक्लो छोराको निधनपछि वृद्ध बुबाआमा गहिरो शोकमा परेका छन्। परिवारको सहारा मानिएका छोराको असामयिक निधन संगै घर निर्माणका क्रममा लिइएको करिब ८ लाख रुपैयाँभन्दा बढी ऋण तिर्ने जिम्मेवारीसमेत वृद्ध दम्पतीमाथि परेको छ।

परिवारले केही समयअघि ठूलो संघर्ष र मेहनतका साथ नयाँ घर निर्माण गरेको थियो। तर घर निर्माणका लागि लिइएको ऋण तिर्न बाँकी रहेकाले परिवार थप समस्यामा परेको छ ।

स्वर्गीय जोशीका परिवारजन तथा शुभेच्छुकहरूले शोकाकुल परिवारलाई सहयोग गर्न सबैमा आग्रह गरेका छन्। उनीहरूले मानवता, सहानुभूति र सामाजिक उत्तरदायित्वको भावनाका साथ इष्टमित्र, आफन्त, छरछिमेकी, समाजसेवी, विभिन्न संघसंस्था तथा स्वदेश तथा विदेशमा रहेका नेपाली समुदायलाई सहयोगका लागि अपिल गरेका हुन्।

परिवारजनले आर्थिक सहयोगसँगै नैतिक साथ, सहानुभूति र हौसलाले पनि पीडित परिवारलाई कठिन समय पार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?