दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । आइतबार सदरमुकाम खंलंगामा सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले राजेश सिंह सामन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको समितिका सचिव राजेन्द्र पन्तले जानकारी दिनुभयो ।
अधिवेशनबाट सभापतिमा सामन्तलाई नै दोहर्याउने सर्वसम्मत निर्णय भएको उहाँले बताउनुभयो । अन्य पदमा धेरै आकांक्षी भएपनि छलफलपछि सर्वसम्मत रुपमा समिति गठन गरिएको छ। कार्यसमिति उपसभापतिमा सुरेन्द्र बहादुर खडायत, सचिवमा राजेन्द्र पन्त, सहसचिवमा धिरेन्द्र बिष्ट सर्वसम्मत चयन हुनुभएको छ । कोषाध्यक्ष भने पछि कार्यसमितिले मनोनयन गरिने पन्तले बताउनुभयो ।
रास्वपाको नयाँ कार्यसमितिले जनसेवासंगै संगठन विस्तारको काम गर्ने सभापति सामन्तले बताउनुभयो।




