नेकपा केन्द्रीय कमिटी बैठक स्थगित, मङ्सिरमा बस्ने तय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आसन्न केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बैठक एक महिना पछि आगामी मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने नेकपाले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड १९ प्रकोपका कारण हाललाई बैठक स्थगित गरिएको जानकारी दिनुभयो । कात्तिक १५ देखि १७ गतेसम्म तय भएको केन्द्रीय कमिटी बैठक मंसिरमा सारिएको हो । अध्यक्षद्वयको सहमतिअनुसार बैठक सारिएको नेकपाका नेताहरुले बताउनुभएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल कम्युनिष्ट पार्टी (नेकपा( को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ, स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ ।“

महासचिव विष्णु पौडेलले पार्टीका दुवै अध्यक्षसँग छुट्टाछुट्टै परामर्श गर्नुभएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार परामर्श गर्नुभएपछि दुवै अध्यक्षको सुझाव अनुसार बैठक स्थगित भएको हुनसक्ने केन्द्रीय सदस्यहरुको बुझाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?