सुदूरपश्चिममा ७५ जना कोरोना संक्रमित थपिए, कुल संख्या  ९ हजार ८ सय २५ पुग्यो

कैलालीका २३ सहित सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, डोटी अस्पताल प्रयोगशाला र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताउनुभयो ।

उहाँका अनुसार ४ वटै प्रयोगशालामा ४ सय ९६ जनाको परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या  ९ हजार ८ सय २५ पुगेको छ ।

संक्रमित मध्ये ८ हजार ८८ जनाले कोरोना जितेका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?