सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा आज हल्का पानी पर्ने

दार्चुला । सुदूरपश्चिम र कर्णालीप्रदेशको पहाडी भेगमा आज हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी पार्ने कुनै प्रणाली नभए पनि स्थानीय वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

उहाँका अनुसार वाग्मती र प्रदेश २ बाहेकका अरु ठाउँमा आज दिनभर नै बादल लाग्ने सम्भावना छ ।

घाम लागिहाले पनि फेरि एकैछिनमा बादल लाग्ने भएकाले यी ठाउँमा आज अधिकतम तापक्रम पनि घट्न सक्ने अनुमान छ ।

वाग्मती र प्रदेश २ को मौसम भने सामान्यतया सफा नै रहनेछ । न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले केही दिनदेखि चिसो बढ्न थालेको छ । आज बिहान काठमाण्डौको तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?