गाडेको शव उत्खनन् गरेर ५ महिनापछि दाहसंस्कार

अर्घाखाँचीमा कोरोना सङ्क्रमितको शव गाडेको ५ महिनापछि  उत्खनन् गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।

मालारानी गाउँपालिका वडा नं ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गएको जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटो मै ज्यान गएको थियो । स्वाब परीक्षण गर्दा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि शव कसरी व्यवस्थापन गर्ने विषयमा विवाद हुँदा शवलाई २ दिनसम्म खुल्ला चौरमा राख्न परिवारका सदस्य बाध्य भएका थिए ।

परिवारले चाहेको ठाउँमा शव व्यवस्थापन र परम्परा अनुसार काजकिरिया गर्न पाएका थिएनन् । अहिले ५ महिनामा शवलाई उत्खनन् गरेर हिन्दु परम्पराअनुसार शवको अन्त्येष्टि गरिएको आफन्त प्रकाश खनालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?