पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ११४ जनालाई कोरोना पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

यस्तै २४ घण्टामा ३ हजार १४२ जना कोरोनामुक्त भएका छन् । हालसम्म १ लाख ४१ हजार १३४ जनाले कोरोना जितेका छन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० संक्रमितको मृत्यु भएको छ ।

यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० संक्रमितको मृत्यु भएको छ ।

यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ । यस्तै आज देशभर ३ हजार ११४ जनालाई कोरोना पुष्टि भएको छ ।

यो सहित कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । यस्तै ३ हजार १४२ जना कोरोनामुक्त भएका छन् । हालसम्म १ लाख ४१ हजार १३४ जनाले कोरोना जितेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?