दार्चुला । डाडाबाग आधारभुत विद्यालय किमिचोर डिलाशैनी गाउँपालिका वडा नम्बर २ कपट्टाका प्रधानाद्यापक ४० वर्षीय गोबिन्द घरेडीको हत्या भएको आशंका गरिएको छ ।

घटनास्थल, मृतको शारीरिक अवस्था र घटनाको परिदृश्य हेर्दा हत्या गरेर फालेको अनुमान गर्न सकिने अवस्था भएकोले सत्यतथ्य छानबीनको माग गर्दै मृतकका आफन्तले मंगलबार दिउँसो गोकुलेश्वर बजारमा आन्दोलन गरेका छन् । न्यायको माग गर्दै बजार र महाकाली लोकमार्ग बन्द गरेर एक घण्टा सडकमा टायर बालेर बिरोध प्रदर्शन भएको छ ।

प्रहरी, प्रशासन लगायत सरोकारवालाहरुसंगको छलफलपछि मृतकका आफन्त शव बुझेर पोष्टमाटम गर्न तयार भएका छन् । प्रहरीले गोकुलेश्वर अस्पतालमा पोष्टमाटम गर्न अनुरोध गरेपनि मृतकका आफन्तले गोकुलेश्वर अस्पतालबाट सहि रिर्पोट पाइनेमा विश्वास नभएको भन्दै शव पोष्टमाटमका लागि गोकुलेश्वरबाट बैतडी अस्पताल लगेका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ शिवपुरी धाम जग्वाचौर नजिक गोकुलेश्वर बजारतर्फ सडक किनारको भिरमुनी पानीको कुलामा आज विहान प्रधानाद्यापक घरडीको शव फेला परेको थियो । मृतकको टाउँकोमा धारीलो हतियार प्रहार भएको जस्तो देखिने घाउँ र शरीरमा निलडाम रहेको आफन्तहरुले बताएका छन् । मृतकको साथमा ८६ हजार नगद रुपैँया सहित झोला, मोबाइल लगायतको सामान फेला परेको छ ।

घटनाबारे थाहा पाएपछि ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी निरीक्षक खगेन्द्रसिह साउँद नेतृत्वको टोली घटनास्थल पुगेको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो ।
सोमबार बिहान शिक्षकहरुको तलबभक्ता भुक्तानी गर्न घरबाट गोकुलेश्वर आएका प्रधानाद्यापक घरडीको गाउँ जाने बाटो नै नपर्ने सडक माथिको आरसीसी नहर (कुलो) भित्र शव फेला परेपछि हत्याको आशंका गरिएको हो ।

घरबाट संगै गोकुलेश्वर आएका अरु चार जना भने सकुसल घर पुगेका थिए । मृतक घरडीसंगै समैजी माबि गन्नाका शिक्षक दिनेश बोहरा र शिवराम लुहार, आबि किमिचौर कपट्टाकै शिक्षक महेश घरडी र गन्नाका स्थानीय व्यापारी जनक भण्डारी गोकुलेश्वर बजार आएका थिए । मृतक घरडीले नै सम्पर्क गरेको गाडीमा उनिहरु चारै जना घर फर्किएपनि घरडी घर फिर्ता भएका थिएनन । घरडी सम्पर्कमा नआएकोले आफुहरु बेलुकी घर फर्किएको उनिहरुको प्रतिक्रिया रहेको बताइएको छ ।

प्रधानाद्यापक घरडीको मृत्यु भइसकेपश्चात सोधपुछका लागि उहाँसंगै बजार आएका चारैजनालाई प्रहरीले नियन्त्रणमा ल्याएको छ । सोमबार पाचै जनाले गोकुलेश्वरको महेश्वरी होटलमा संगै खाना खाएकोले होटल समेत सिल गरेर अनुसन्धान भइरहेको छ । प्रधानाद्यापक घरडीको घरमा श्रीमती, तीन छोरा र दुई छोरी रहेका छन् ।

घरडीको शव फेला परेदेखि पोष्टमार्टम गर्न लैजादा सम्मको घटनाक्रमबारे बिस्तृतमा थाहा पाउँन यो भिडियो लिकंमा क्लीक गर्नुहोस

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?