पुर्चौडीमा विद्यालय अनुगमन गरिदै, स्वास्थ्य सुरक्षाबारे छलफल

कोरोना भाइरस संक्रमणको जोखिमका बिच विद्यार्थीहरुको समस्यालाई मध्यनजर गरेर कक्षा सञ्चालन गरिरहेको पुर्चौडी नगरपालिकामा विद्यालयहरुको स्वास्थ्य सुरक्षाको अवस्थाबारे नगरकार्यपालिकाको टोलीले अनुगमन तथा विद्यालय भेटघाट कार्यक्रम सञ्चालन गरिरहेको छ ।

विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना भए नभएको विषयमा अनुगमनका साथै जोखिम न्यूनिकरणका लागि सरोकारवालाहरुसंग छलफल भइरहेको पुर्चौडी नगरपालिका शिक्षा शाखा प्रमुख दिनेश नगारीले जानकारी दिनुभयो ।

मंगलबार नगरपालिकाको वडा नम्बर ४ र ५ तथा बुधबार वडा नम्बर ३ र १ मा सञ्चालित केहि विद्यालयहरुको अनुगमन गरिएको छ । अनुगमन तथा विद्यालय भेटघाट कार्यक्रममा नगरप्रमुख रण बहादुर कुँवर, उपप्रमुख जानकी ऐर बम, लेखा शाखा प्रमुख दल बहादुर धामी, शिक्षा शाखा प्रमुख दिनेश नगारी लगायतको सहभागिता रहेको छ ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र अभिभावकहरुसंग विद्यालयले अपनाएको स्वास्थ्य सुरक्षाका उपायहरुको विषयमा छलफल गर्दै अगामी दिनमा थप सुधार गर्ने सुझाबहरु दिइएको छ ।

खासगरी विद्यालयमा स्यानेटाइजर, मास्क, साबुनपानी लगायतको उपलब्धता र व्यवस्थापन भए, नभएको, सामाजिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्ने विषयमा छलफल गरिएको शिक्षा शाखा प्रमुख नगारीले बताउनुभयो ।

शिक्षक र विद्यार्थीहरुको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाबाट मास्क उपलब्ध गराइएको र साबुन विद्यालयले किन्ने र नगरपालिकाले आर्थिक सहयोग गर्ने व्यवस्थापन गरिएको छ ।

पुर्चौडी नगरपालिकाले क्वारेन्टाइन निर्माण गरेका विद्यालयहरुलाई स्यानिटाइज (सरसफाई) गरेर कक्षा सञ्चालन गरेको छ । विद्यालयहरुमा आइसोलेसन निर्माण गर्नुपर्ने बाध्यताको अन्त्य गर्न ३० कोठे आइसोलेसन भवन निर्माण सम्पन्न हुने चरणमा रहेको छ ।

कोरोना प्रभाव र दशैँ विदाका कारण रोकिएका बैकल्पीक सिकाई कक्षाहरु १६ गतेदेखि सञ्चालन भएको पुर्चौडी नगरपालिका शिक्षा शाखा प्रमुख नगारीले जानकारी दिनुभयो ।

पुर्चौडी नगरपालिका भित्रका ७५ सामुदायिक र ३ संस्थागत गरी ७८ वटै विद्यालयमा पठनपाठन भइरहेको छ । पुर्चौडीमा झण्डै १४ हजार विद्यार्थी अद्ययनरत रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?