दार्चुला । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कार्तिक १६ गते पिसिआर परिक्षणको लागी स्वाव संकलन गरिएकोमा बिहिबार उहाँमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुमा कोरोना संक्रमण भएको जानकारी गराउनुभएको छ ।
पार्टी केन्द्रिय कार्यालयको बैठक अगाडी स्वास्थ्य परिक्षण गर्दा उहाँमा कोरोना संक्रमण देखिएको हो ।
नेता बडु अहिले होम आइसोलसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानाएको छ ।
भर्चुअल माध्यमबाट आवश्यक मेटिङहरु तथा जन सम्पर्क पनि पहिले जस्तै चलिरहेको उहाँले फेसबुक मार्फत जानकारी गराउनु भएको छ ।




