सरकारले नेपालमा करीव ७० लाख घर परिवार र ३ करोड जनसंख्या पुग्ने प्रक्षेपणसहित राष्ट्रिय जनगणना सञ्चालन गर्ने भएको छ ।
उक्त अभियानको तयारीका कामहरू अहिले जारी रहेको केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नविनलाल श्रेष्ठले जानकारी दिनुभयो ।उनका अनुसार जनगणनाबाट नेपालमा घर परिवारको संख्या ७० लाख पुग्ने अनुमान गरिएको छ । जनसंख्या समेत ३ करोड नाघ्ने छ ।
राष्ट्रिय जनगणना २०६८ को वृद्धिदरलाई आधार मानेर गरिएको अनुमानमा अहिले नेपालको जनसंख्या ३ करोड १ लाख ४२ हजार २ सय ६६ रहेको छ ।
जनगणना सञ्चालनका लागि तयारीका काम अघिल्लो आर्थिक वर्ष २०७६र७७ बाटै शुरु गरिएको थियो । चालु आवमा भने सक्ने लक्ष्य छ । विभागले २५ जेठ २०६८ बाट ८ असार २०६८ सम्म १५ दिन जनगणना गर्नेछ ।





प्रतिक्रिया