अब नेपालमै रासायनिक मल कारखाना स्थापना हुने

दार्चुला । सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले देशमै रासायनिक मल स्थापनाको लागि तीन जना मन्त्री रहेको समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

अर्थमन्त्री संयोजक रहने समितिमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र कृषि तथा पशुपंक्षी विकासमन्त्री सदस्य रहेका छन् । समितिले नेपालमा कारखानाको सम्भाव्यता, लगानीको मोडल र कारखानासँग सम्बन्धित सबै विषयको अध्ययन गरेर रिपोर्ट पेस गर्नेछ ।

रिपोर्टका आधारमा मल कारखानाको प्रक्रिया तुरुन्तै अघि बढाउने पनि मन्त्री गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?