दार्चुला । लेकम गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा लगाइएको ताला शुक्रबार(आज) दोस्रो दिन खोलिएको छ ।

सडक निर्माणका क्रममा भत्किएको सहिद गेट पुर्न निर्माण गरिनुपर्ने माग राख्दै विहीबार वडा कार्यालयमा लगाइएको ताला शुक्रबार शहिद परिवार र वडा कार्यालय बीच सहमती भएपछि ताला खालिएको हो ।

वडा कार्यालयमा आज बसेको बैठकमा वडा नम्बर १ का वडाध्यक्ष दौलतसिंह साउँदले ५ ओटा पिल्लर सहितको आधुनिक गेट निर्माणका लागि गाउँपालिकामा पहल गर्ने प्रतिबद्धता जनाएपछि ताला खोलिएको स्थानीय दिपक साउदले जानकारी दिनुभयो ।

सडक निर्माणमा क्रममा सहिद गेट भत्काउने बेला वडा कार्यालयले निर्माण गर्ने जिम्मेवारी लिएपनि दुई पटक निबेदन दिदा पनि वडा कार्यालयले चासो नदेखाएको भन्दै सहिद परिवारले विहिबार वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

सम्बन्धित समाचार

लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीमा तालाबन्दी

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?