दार्चुला । अहिले देशको प्रदेश १, प्रदेश ५ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य बादल लागेको छ ।
अहिले बादल लागेको ठाउँमा दिउँसोपछि घाम लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिउँसो पनि देशका केही पहाडी भेगको मौसम आंशिक बद्ली रहने सम्भावना छ । यीबाहेक अन्य ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ । राति पनि देशको पहाडी भू(भागमा आंशिक बद्ली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ ।
अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले पानी पर्ने वा हिमपात हुने सम्भावना भने छैन । यसैबीच आज बिहान काठमाण्डौ उपत्यकाको तापक्रम ५ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ ।





प्रतिक्रिया