सुदूरपश्चिममा ९० दिनको माग धान्ने पेट्रोलियम भण्डारण गृह बन्ने

नेपाल आयल निगमले ९० दिनको पेट्रोलियम भण्डारण डिपो निर्माण गर्न सुदूरपश्चिम प्रदेशमा अध्ययन थालेको छ ।

हरेक प्रदेशमा ९० दिनलाई पुग्ने पेट्रोलियम भण्डारण गृह बनाउने सरकारी नीति बमोजिम प्रदेशमा पेट्रोलियम भण्डारण गृह बनाउन प्रस्तावित क्षेत्रको उद्योग मन्त्रीसहितको टोलीले आइतबार अध्ययन अवलोकन गरेको हो ।

नयाँ भण्डारण गृह बनाउन कैलाली जिल्लाको गोदाबरी नगरपालिकास्थित शिवशक्ति महिला सामुदायिक वनको ३० बिगाह जमिनमा प्राप्त गर्ने निगमको प्रारम्भिक तयारी छ । उद्योगमन्त्री भट्ट र निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसहितको टोलीले अवलोकन गरेपछि जग्गा प्राप्तिको थप प्रक्रिया अघि बढाइएको निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले जनाएको छ ।

सुरक्षा, जमिनको भौगोलिक बनावट लगायतको हिसाबले उक्त क्षेत्र उपयुक्त रहेको निगमको प्रादेशिक कार्यलयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?