नेकपाको भविष्य ओलीको प्रस्तावमा निर्भर : प्रचण्ड

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले ल्याउने जवाफी राजनीतिक प्रस्तावले पार्टीको भविष्य निर्धारण गर्ने बताउनुभएको छ ।

आफूलाई भेट्न खुमलटार निवास पुगेका स्थायी समिति सदस्यहरुसँग दाहालले पार्टीभित्रको विवाद समाधान हुन्छ या अझ चर्किन्छ भन्ने विषय ओलीको प्रस्तावमा निर्भर रहने बताउनुभएको हो ।

खुमलटार पुगेका एक स्थायी समिति सदस्यका अनुसार आफू लगायत सचिवालयका बहुमत सदस्य पार्टी एकता रक्षाकै पक्षमा रहेको दाहालको भनाइ थियो ।

आफूले एकताको रक्षाका लागि धेरैपटक हदैसम्मको लचकता अपनाएको बताउदै अध्यक्ष दाहालले अब पनि आफू फुटको पक्षमा नरहेको प्रष्ट पार्नुभयो । तर प्रधानमन्त्री ओली पार्टीलाई एकताबद्ध बनाउन गम्भीर नदेखिएको र देशैभर गुट सक्रिय पारेको दाहालको गुनासो थियो ।

अध्यक्ष दाहालले कात्तिक २८ को सचिवालय बैठकमा १९ पृष्ठ राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो । मंसिर ३ गते बसेको बैठकमा ओलीले दाहालको प्रस्तावको जवाफ दिन १० दिनको समय माग गर्नुभएको थियो ।

नेकपाको सचिवालय बैठक मंसिर १३ मा पुनः बस्दैछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?