सुनको भाउ तोलामा ६ सय रुपैयाँ घट्यो

दार्चुला । कारोबार हुने हप्ताको पहिलो दिन आज सुन तोलामा ६ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अस्ति शुक्रबार सुन तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनयता सुनको भाउ लगातार जस्तै घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?