बैतडी बलात्कार मिलापत्र प्रकरणः वडाध्यक्ष सहित थप ४ जना पक्राउ

दार्चुला । बलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा बैतडीमा वडाध्यक्ष पक्राउ परेका छन्।

जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ की १८ वर्षीया किशोरी बलात्कारको घटनामा मिलापत्र गराएको भन्दै सिगास गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष शेरसिंह साउद पक्राउ परेका हुन।

प्रहरीले सोही ठाउँका अन्य ३ जनालाई पनि नियन्त्रणमा लिएको छ। घटना मिलापत्रमा संलग्न रहेका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो।

योसँगै किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो

यसअघि गत बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ मा १८ वर्षीया युवतीमाथि गत जेठ २३ गते जबरजस्तीकरणी गरिएको थियो। सो घटनालाई गाउँमै मिलापत्र गराउँदै अगुवाहरुले पीडक पक्षले युवतीलाई १ तोला सुन दिने सहमती गरेका थिए।

तर पीडकले सुन नदिएपछि घटना बाहिरिएको थियो। बलात्कारमा संलग्न भनिएका स्थानीय दिपकसिह धामी अहिले फरार छन्।

सम्बन्धित समाचार

बैतडीमा एक तोला सुनमा बलात्कारको घटना मिलाउने दुई जना पक्राउ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?