ट्रान्सपरेन्सीको प्रतिवेदन सरकारद्वारा अस्वीकार

दार्चुला । सरकारले भ्रष्टाचारको विषयमा ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको रिपोर्टलाई अस्वीकार गर्ने जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ट्रान्सपरेन्सीको प्रतिवेदन तथ्यमा आधारित नभएर पूर्वाग्रहका आधारमा आएको र यसमा राजनीतिक गन्ध रहेको दावी गर्नुभयो । ‘सरकारलाई बद्नाम गर्ने प्रयास स्वरुप आएको प्रतिवेदनलाई सरकारले अस्वीकार गर्दछ’ गुरुङले भन्नुभयो ।

ट्रान्सपरेन्सीमा आवद्ध व्यक्तिको दलीय संलग्नताले गर्दा पनि यसका प्रतिवेदनलाई विश्वास गर्न नसकिएको सरकारले जनाएको छ । ३ करोड जनसंख्या रहेको नेपालमा १ हजार व्यक्तिसँग फोन गरेर बनाएको मनोगत रिपोर्टले देशको छविलाई धमिल्याउने गरेर प्रचार भइरहेकोमा सरकारको आपत्ती रहेको मन्त्री गुरुङले बताउनुभयो ।

प्रधानमन्त्रीबाट पटक-पटक भ्रष्टाचार विरोधी प्रतिबद्धता आइरहेको र अरु रिपोर्टले सरकार भ्रष्टाचार घट्दो तथा सुशासन बढ्दै गइरहेको देखाएको अवस्थामा ट्रान्सपरेन्सीको प्रतिवेदनमा नेपाल एसियामै धेरै भ्रष्टाचार हुने देशको सूचीमा आउनुमा सरकारलाई असफल बनाउने तत्वको समेत हात रहेको मन्त्री गुरुङको दावी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?