बजेट खर्च र राजस्व संकलनमा प्रभावकारी काम गर्न सुदूरपश्चिम प्रदेशको निर्देशन

दार्चुला । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बजेट खर्च र राजस्व संकलनमा प्रभावकारी काम गर्न विषयगत मन्त्रालयहरुलाई निर्देशन दिनुभएको छ । ​

चालु आर्थिक वर्ष (२०७७-७८) को पहिलो चौमासिकमा बजेट कार्यान्वयनको समीक्षा गर्न आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले बजेट कार्यान्वयनमा प्रभावकारी काम गर्न निर्देशन दिनुभएको हो ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदीले राख्नुभएको खर्च र आम्दानीको प्रतिवेदनमाथि छलफल भएको थियो । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कुल बजेटको ६ दशमलव २९ प्रतिशत अर्थात २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै राजस्व संकलनतर्फ कुल लक्ष्यको ६४ दशमलव ४५ प्रतिशतले बढी राजस्‍व संकलन भएको छ । यस्तै विषयगत मन्त्रालयका सचिवहरुले पनि आ(आफ्नो मन्त्रालयको प्रगति विवरण सार्वजनिक गरेका थिए । सबै मन्त्रालयको कार्यप्रगति हेरिसकेपछि मुख्यमन्त्री भट्टले जनअपेक्षा अनुसारका काम गर्न विषयगत मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा पहिलो चौमासिकमा सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सबैभन्दा बढी खर्च गरेको र आर्थिक मामिला तथा योजना मन्त्रालयले सबैभन्दा कम खर्च गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

प्रदेशसभा सचिवालयले १९ दशमलव ५१ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १ दशमलव २९ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले शून्य दशमलव ८१ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७ दशमलव ४५ प्रतिशत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४ दशमलव २९ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले ८ दशमलव २५ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ८ दशमलव ०८ र वित्तीय हस्तान्तरण पालिकाले ८ दशमलव ५१ प्रतिशत खर्च गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?