कोरोना बीमाको भुक्तानी ३ दिनभित्रै दिन अर्थ मन्त्रालयको निर्देशन

दार्चुला । अर्थ मन्त्रालयले कोराना बीमाको दाबी रकम तीन दिनभित्रै भुक्तानी गर्न निर्देशन दिएको छ ।

बीमा समितिलाई पत्र लेखेर मन्त्रालयले यसअघि सात दिनभित्रै दाबी रकम भुक्तानीको लागि निर्देशन दिए पनि यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै अब तीन दिनभित्रै रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो । यसको लागि हिजो र आज अर्थ मन्त्रालयमा मन्त्री र सचिवस्तरीय बैठक बसेको थियो ।

मन्त्रालयले कागजात पुगेका दाबीलाई तीन दिनभित्र भुक्तानी दिन, यसको दैनिक विवरण मन्त्रालयमा पठाउन, कुन बीमा कम्पनीमा कति दाबी परे, कतिको भुक्तानी भयो र के समस्या छन् भन्ने जानकारी पनि नियमित रूपमा मन्त्रालयलाई दिन बीमा समितिलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?