डोटीमा फरार अभियुक्त पक्राउ, ३ प्रहरी निलम्बनमा

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भएका राजेन्द्र बोहरा फरार भए लगत्तै पुनः पक्राउ परेका छन्।

कोरोना पुष्टि भएपछि आइसोलेसनमा रहेका उनी बिहीबार राति १२ बजे भागेका थिए । उनलाई शुक्रबार बिहान ७ बजे पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । पूर्वी चौकी गाउँपालिकास्थित शान्तिनगर जंगलमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको सिहंले बताउनुभयो ।

त्यस्तै, आइसोलेसनमा उनको निगरानीका लागि खटिएका तीनजना प्रहरीलाई पनि निलम्बन गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा खटिएका प्रहरीको लापरबाहीका कारण बोहरा फरार भएपछि प्रहरी सक्रियताकै कारण उनलाई समयमै पक्राउ गरिएको प्रवक्ता सिहंले बताउनुभयो ।

१६ वर्ष भएका कारण बोहरालाई जिल्ला कारागारबाट बाल सुधार गृह डोटीमा राखिएको थियो । कोराना पुष्टि भएपछि बालसुधार गृहकै अस्पतालको आइसोलेनमा राखेको बेला उनी गएराति अस्पतालबाटै भागेका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?