दार्चुला । दार्चुलामा आईतबार राती ट्रक दुर्घटनामा परेको छ ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर बाट दार्चुला सदरमुकाम खलंगा तर्फ जादै गरेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी पुष्कर सिंह ऐरीले जानकारी दिनुभयो ।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीका न्वाली घर भएका चालक २४ वर्षीय शेर सिह कार्कीको परीचय खुलेको छ, भने दुई जनाको परिचय खुल्न बाकि रहेको उहाँले बताउनुभयो ।
आईतबार राती १० बजे ट्रक दुर्घटनामा परेको खबर प्रहरीलाई आएपछि धाप प्रहरी चौकी र दत्तु प्रहरी चौकीलाई दुर्घटना स्थलमा परिचालन गरिएको थियो ।
प्रहरीले राती साढे १२ बजे तिर ट्रक खोल्सामा खसेको र तीन जनाको मृत्यु भइसकेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । ट्रक सडकबाट झण्डै १ सय २० मिटर तल खसेको उहाँले बताउनुयो ।





प्रतिक्रिया