राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

दार्चुला । संवैधानिक परिषदबारे सरकारको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी (पहिला संशोधन) अध्यादेश २०७७ जारी गर्नुभएको हो ।

मङ्गलबार बिहान बोलाइएको परिषद् बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बेलुकी ५ बजेका लागि सारिएको छ ।

संवैधानिक निकायमा पदपूर्ति गर्नुपर्ने जस्तो विषयमा छलफल गर्न कुनै तयारी नगरि बैठक बोलाइएकोले आफू बिहानको छलफलमा सहभागी नभएको सभामुख सापकोटाले बताउनुभएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?