नयाँ अध्यादेशको पार्टी भित्रैबाट विरोध, प्रचण्ड–नेपाल पक्षको भेला सुरु

दार्चुला । सरकारको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश जारी गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैबाट विरोध सुरु भएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरुले अध्यादेशको विरोध गरेका छन् । अध्यादेशबारे छलफल गर्न प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु अहिले प्रचण्ड निवास खुमलटारमा भेला भएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताले सरकारको कदमबारे छलफल गरिरहेको खुमलटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?