नेकपाको राजनीतिक विभाजन पूरा, नाम र चुनाव चिन्हमा दुबै पक्षको दाबी

दार्चुला । मंगलबार बिहानैदेखि तीव्र रूपमा विकसित घटनामाझ सत्तारुढ दल नेकपाको राजनीतिक विभाजन पूरा भएको छ। निर्वाचन आयोगमा छुट्टै पार्टी दर्ता नभएकाले औपचारिक रूपमा भने नेकपा फुटेर दुइटा पार्टी बनिसकेका छैनन्। तर अब नेकपा एक पनि छैन।

नेकपाका बहुमत केन्द्रीय सदस्यहरूको बैठकले मंगलबार दिउँसो प्रधानमन्त्री केपी ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको छ। बहुमत सांसदहरूको भेलाले बुधबार ओलीलाई नेकपा संसदीय दलको नेताबाट पनि हटाउने तयारी गरेको छ।

अर्कोतिर प्रधानमन्त्री ओली कानुनी रूपमा पार्टी र चुनाव चिह्न आफ्नो पक्षमा गर्न अग्रसर छन्। नेकपाको केन्द्रीय समितिमा चरम अल्पमतमा रहेका ओलीले रातारात केन्द्रीय समितिमा पाँच सयभन्दा बढी मानिस थप्नुभएको छ । सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भएको उनी समर्थित केन्द्रीय समिति सदस्यहरूको भेलामा उनले सोमबारै ५ सय ५६ केन्द्रीय सदस्य थपेको जानकारी दिनुभयो। यसलाई आधिकारिकता दिन उनले पुनर्गठित केन्द्रीय सदस्यको नामावली निर्वाचन आयोगमा दर्ता गराएका छन्।

आयोगले यो नामावलीलाई आधिकारिकता दियो भने प्रधानमन्त्री ओली नेकपाको केन्द्रीय समितिमा रातारात चरम अल्पमतबाट चरम बहुमतमा पुग्नुहुनेछ । त्यसपछि नेकपा पुर्णरूपमा उहाँको कब्जामा जानेछ। ओलीले त्यसकै लागि प्रयत्न गरिरहनुभएको छ ।

तर दुई पार्टी एक भएर नेकपा बन्दाताकाका ४४१ जना केन्द्रीय सदस्यमध्ये ३१० जनाले भने मंगलबार काठमाडौंमा भएको छुट्टै भेलामा ओलीलाई पार्टी अध्यक्षबाट निष्कासन गर्ने निर्णयमा हस्ताक्षर गरेको दाबी गरिएको छ । मंगलबार बालुवाटारमा भएको ओली समूहको भेलामा केन्द्रीय समितिका ४४१ मध्ये १ सय २६ सदस्य मात्र उपस्थित थिए।

आफू अल्पमतमा परेकोले पार्टीको नाम र चुनाव चिह्न आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ ओलीले केन्द्रीय सदस्यहरू थप्नुभएको हो । एक्कासि यति धेरै केन्द्रीय समिति सदस्यहरू थपेको कुरालाई ओलीले बचाउ गर्नुभएको छ ।

अहिले हामी एउटा विशेष परिस्थिति, विषेश अभिभारा र विशेष अभियानमा भएको हुनाले कमिटीलाई अलि ठूलो बनाउन पनि पर्‍यो,ु बालुवाटारमा बिहान आफूनिकट केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, एकथरी मानिसहरू विभाजनका लागि उद्दत छन्। त्यस कुरालाई पनि ध्यानमा राख्नु पर्‍यो। विभाजित भएर, छुट्टिएरै त्यस स्थितिमा पनि हामीले आन्दोलनलाई कमोजर हुन नदिने गरी निर्णय गर्नु पर्‍यो।

नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा भएको भेला र ओलीले ५ सय ५६ जना केन्द्रीय समिति सदस्य थपेको कुरालाई नौटंकी भनेका छन्। आज बिहान बालुवाटारमा जे भयो, नौटंकी हो। एक तिहाइभन्दा कम सदस्य उपस्थित भई दुई तिहाइभन्दा बढी सदस्य थपेर निर्वाचन आयोगमा बुझाउनु नौटंकी बाहेक केही होइन। यो नौटंकीलाई निर्वाचन आयोग जस्ता वैधानिक संस्थाले मान्यता दिनै सक्दैनन्, उहाँले भन्नुभयो ।

प्रचण्डले आफूकहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य रहेको दाबी गर्दै संविधान, नियम, कानुनअनुसार यो नै वैधानिक नेकपा भएको बताउनुभयो ।

ओलीले भने अहिलेका सबै कमिटी संक्रमणकालीन भएको भन्दै यसअघिका समिति पनि यसरी नै मनोनयन मार्फत बनाइएको र बनिसकेपछि आफैंले अनुमोदन गरेको जिकिर गरेका छन्।

अहिले केन्द्रीय समितिमा एक हजार ३ सदस्य मौजुदा छौं। पहिलेका कमिटी पनि यसरी नै बनेका थिए। ती पनि बनिसकेपछि अनुमोदन गरिएको हो, उहाँले भन्नुभयो, अहिलेसम्म बनेका कमिटी पनि संक्रमणकालीन हुन्। तिनका काम एकीकरण पूरा गरेर दुई वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने भनेर तोकिएको थियो। त्यो कुरा विधानमा पनि उल्लेख छ। जुन अभिभारा पूरा गर्न पहिलेको संख्यावाला केन्द्रीय कमिटीबाट सम्भव देखिएन। अध्यक्षका हिसाबले पार्टीलाई असफल हुन नदिनु मेरो कर्तव्य हो। त्यसैले सदस्य थपेको छु।

यसरी एकलौटी केन्द्रीय सदस्य थपेर पार्टी र चुनाव चिह्न आफ्नो पोल्टोमा पार्न ओली अग्रसर भएपछि यो विषय निर्वाचन आयोग पुगेको छ। ओलीलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय र आफूहरू नै आधिकारिक नेकपा रहेको दावीसहित प्रचण्ड नेपाल पक्ष पनि बुधबार निर्वाचन आयोग पुग्ने तयारीमा छन्।

निर्वाचन आयोगले के र कहिलेसम्म निर्णय गर्छ, यकिन छैन। आयोगले जसको पक्षमा निर्णय गरे पनि अर्को पक्ष सर्वोच्च अदालत जानेछ।

प्रधानमन्त्री ओलीको संसद विघटनको निर्णयबारे सर्वोच्च अदालतमा मुद्दा परिसकेको छ। कसको नेतृत्वको केन्द्रीय समिति आधिकारिक भन्ने निर्णय पनि अन्तत सर्वोच्च अदालतले नै गर्नुपर्नेछ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले ब्यूँतन नसक्ने बताउनुभएको छ ।

नेपालमा कम्युनिष्ट आन्दोलनको ५७ वर्ष लामो टुटफुट र बिग्रहको बाटो सच्याउने गरी २०७५ मा जेठ ३ मा दुई ठूला वाम घटक (नेकपा एमाले र माओवादी केन्द्र) बीच भएको एकीकरण २९ महिना पनि टिक्न सकेन । अन्ततः पार्टी एकता प्रक्रिया नै नटुंगिँदै मंगलबारदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी राजनीतिक रुपमा दुई टुक्रामा विभाजित भएको छ ।

विभाजनसँगै एउटा समुहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको छ । भने अर्का पार्टीको नेतृत्व पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त रुपमा लिनुभएको छ ।

प्रचण्ड(नेपाल पक्षीय नेकपाले बुधबार संसदीय दलको बैठक बोलाएको छ। बुधबार १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?