वामदेव गौतम र रामबहादुर थापा तटस्थ

दार्चुला । सत्तारुढ नेकपाका नेताहरु आ-आफ्नो कित्ता प्रष्ट पारेर दुई समूहमा लागेका छन् । तर उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल अझै तटस्थ छन् ।

मंगलबार ओली र प्रचण्ड–नेपाल समूहको बैठकमा उनीहरु सहभागी भएनन् । ओली र दाहाल–नेपाल समूहले आ–आफ्नो समूहको बैठकमा सहभागी हुन गरेको आग्रह अस्वीकार गर्दै गौतम र थापा कुनै पनि बैठकमा सहभागी भएनन् । दुवै नेता आन्तरिक छलफलमै रहेका छन् ।

मंगलबार गौतम निवास भैंसेपाटीमा गौतम र थापाबीच केहीबेर छलफल भएको थियो । गौतम र थापा पार्टी फुटको विरुद्धमा उभिँदै आएका छन् ।

उनीहरु निकटका केन्द्रीय सदस्यहरू भने प्रचण्ड–नेपाल समूहको बैठकमा सहभागी भएका छन् । पूर्वमाओवादीका नेताहरू टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टसहितका नेताहरू ओली समूहको बैठकमा सहभागी भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?