ओली समूहको केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री थापा सहभागी

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी हुनुभएको छ ।

यसअघिका कुनै पनि समूहको बैठकमा नजानुभएका गृहमन्त्री थापा बिहीबार भने प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा सहभागी हुनुभएको हो ।

यसअघि उहाँलाई ओली समूहमा लाग्न नदिन पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले निकै प्रयास गरे पनि अन्ततः उहाँ ओली समूहतिर नै लाग्नुभएको हो । पूर्वमाओवादी तर्फबाट लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा यसअघि नै ओली समूहतिर लागि सक्नुभएको छ ।

यद्यपि थापा निकट मानिने अरू नेता भने प्रचण्ड–नेपाल पक्षमै रहेका छन् । उहाँ निकट मानिने नेताहरू देव गुरुङ, पम्फा भुसाल, लेखनाथ न्यौपाने, हितमान शाक्यलगायत प्रचण्ड–नेपाल पक्षमै बसे पनि उहाँ मात्रै ओली समूहमा जानुभएको हो ।

ओली समूहको मङ्गलबारको बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मङ्सिर २ गते गर्ने निर्णय गरेको छ ।

यस्तै ओली समूहको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्रीसमेत रहनुभएका प्रदीप ज्ञवालीलाई दिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?