सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै, मंसिरमा मात्रै ३१ जनाको मृत्यु

दार्चुला । सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढेको छ । गत विगतका वर्षहरुको तुलनामा चालुुवर्ष सवारी दुर्घटनामा उल्लेख्य बृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ मा सबै भन्दा बढी मंसिरमा मात्रै ७७ सवारी वटा दुर्घटना भएका छन । जसमा ३१ जनाको मृत्यु भएको छ, भने एक सय ५८ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याकंमा उल्लेख छ ।

मंसिर महिनामा सबै भन्दा बढी कैलालीमा ८, कञ्चनपुर र बैतडीमा ५-५ जनाको मृत्यु भएको छ । डोटीमा ४ दार्चुला र बझाङमा ३-३ जनाको मृत्यु भएको छ । त्यस्तै अछाममा २ र बाजुरामा १ जनाको मृत्यु भएको छ ।

यस्तै कार्तिक महिनामा ५४ सवारी साधन दुर्घटना भएका छन । जसमा २७ जनाको मृत्यु भएको छ । यस्तै सो दुर्घंटनामा एक सय २२ जना घाइते भएका छन् ।

असोजमा ३९ सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ, भने ६७ जना घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?