प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

दार्चुला । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रदेशसभाका ३६ जना सांसदहरुले अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका हुन् । निवर्तमान अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्ताव दर्ता गर्नुभएको हो । प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपाका ६७ सांसदमध्ये प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् । यसअघि प्रदेशका सामाजिक विकास मन्त्रीसहित तीन जनाले राजीनामा दिएका छन् ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिनुभएको हो । हिजो मात्रै आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोलाई मुख्यमन्त्री राईले पदबाट बर्खास्त गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?