सरकारको पहिलो प्राथमिकता निर्वाचन : मन्त्री साह

दार्चुला । नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गराउनु भएको बताउनुभएको छ ।

आइतबार शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता निष्पक्ष रूपमा प्रतिनिधि सभाको निर्वाचन गराउनु रहेको बताउनुभएको हो ।

शहरी विकास मन्त्रालयले पनि निर्वाचन केन्द्रीत काम गर्ने उहाँको भनाइ थियो । मन्त्री साहले यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा त्यसैलाई प्रभावकारी रूपमा अगाडि बढाउने बताउनुभयो ।

मन्त्री साहले विकासको कामलाई अझै प्रभावकारी बनाउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

प्रतिनिधि सभा विघटन भएपछि उहाँले प्रतिनिधि सभा विघटनको निर्णय आत्मघाती भन्नुभएको थियो । पूर्व माओवादी समूहका साह पछिल्लो समय नेकपाको ओली समूहमा गएपछि प्रधानमन्त्री ओलीले शहरी विकास मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?