प्रचण्ड-नेपाल समूहद्वारा नेकपा सुदूरपश्चिमको खाताबाट ३० लाख झिकियो

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिमको बैँक खातामा रहेको ३० लाख रुपैयाँ प्रचण्ड–नेपाल समूहले झिकेको छ।

पार्टी एकतापछि नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापा, प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको नाममा कृषि विकास बैँकको धनगढी शाखामा रहेको संयुक्त खाताबाट ३० लाख झिकिएको आरोप लगाइएको हो।

नेकपा ओली समूहका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले पार्टी इन्चार्ज भीम रावलको ठाडो निर्देशनमा पार्टीको सम्पत्ती एकलौटी रुपमा अध्यक्षलाई कुनै जानकारी नदिएर झिकिएको आरोप लगाउनुभयो।

‘पार्टीको सम्पत्ती नासमास गर्न कसैले पनि पाउँदैनन्,’थापाले भन्नुधयो, ‘यो निकै अपराधिक काम भएको छ। मैले पार्टी विभाजनको अवस्थामा पुगेपछि बैँकका म्यानेजरलाई समेत यस्तो परस्थितीमा निकासा नदिन अनुरोध गरेको थिए। तर अहिले बुझ्दा प्रदेश सचिव चौधरी र कार्यालय सचिव सुवेदीले हस्ताक्षर गरेर खातामा रहेको ३३ मध्ये ३० लाख त्यहाँबाट गायब पारिएको छ।’

थापाले प्रचण्ड–नेपाल समूहका इन्चार्ज भीम रावलको निर्देशनमा सबै काम भएको आरोप समेत लगाएका छन्। ‘भीम रावलको निर्देशनमा सबै काम भएको छ। त्यो अपराधपूर्ण काम हो। कुनै पनि हालतमा यसलाई छोड्नेवाला छैनौँ उहाँले भन्नुभयो ।

हाँले बैँकका कर्मचारीमा समेत रकम झिक्ने कार्यमा संलग्नता भएको दाबी गरेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?