राष्ट्रियसभाका सांसदहरुको स्वास्थ्य परिक्षण गरिदै, हिउँदे अधिवेशनको तयारी पूरा

दार्चुला । राष्ट्रियसभाका सांसदहरुको बिहीबार (आज) कोरोना परिक्षण गरिंदैछ ।

शुक्रबारदेखि हिउँदे अधिवेशन सुरु हुने भएकोले बिहीबार सबै सांसदहरुको परिक्षण गर्न लागिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

यसैगरी अधिवेशनको लागि स्वास्थ्य सावधानीका मपादण्ड लगायत अन्य सबै तयारी पूरा भईसकेको उहाँको भनाई छ ।

यो अधिवेशन लामो समयसम्म लैजान नसकिने तिमिल्सीनाले बताउनुभयो ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा बिलहरु दुवै सदनबाट पास गरेर ऐन बन्ने अवस्था नरहेको भन्दै उहांले सरकारी बिजनेशविना अधिवेशन लामो समय लैजान नसकिने बताउनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड र उच्च सतर्कता अपनाएर बैठकमा उपस्थित हुन राष्ट्रियसभाका सदस्यहरुलाई अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?