माघ १५ देखि २१ गतेसम्म सबै पालिकामा मतदाता नामावली अद्यावधिक हुने

दार्चुला । निर्वाचन आयोगले आउँदो माघ १५ देखि २१ गतेसम्म सबै पालिकाको केन्द्रमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यहि पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरुको अन्तिम नामावली तयार गर्न मतदाता नामावली अद्यावधिक गर्न लागिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्ने अवधिभर पालिकाको केन्द्रमा गएर कुनै त्रुटी भए सच्याउन आयोगले आग्रह गरेको छ ।

यस्तै झुठो विवरण दिई कसैले नामावलीमा नाम समावेश गरेको भए यसै अवधिमा त्यसविरुद्ध उजुरी दिन पाइने छ ।

आयोगले सबै पालिका, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा सबै सरोकारवालालाई मतदाता नामावली अद्यावधिक कार्यक्रम सफल बनाउन सहयोग गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?