आफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीति गर्दिनँ : प्रधानमन्त्री

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीतिविरुद्ध आफू लाग्ने बताउनुभएको छ ।

नेपाल स्काउटले शुक्रबार आयोजना गरेको ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा सम्बोधन गर्दै उहाँले बालबालिकाले त्यस्ता फोहोरी राजनीतिबाट प्रभावित नभइ इमानदार, विवेकशील र जनताको सेवा गर्ने क्षेत्रका रूपमा राजनीतिलाई बुझ्न आग्रह गर्नुभयो ।

बालबालिका र राजनीतिका सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले बालबालिकाले प्रत्यक्ष राजनीतिमा लाग्न नहुने तर यसलाई ढाँटछल, संविधानविरोधी तथा बेइमानीका रूपमा नबुझ्न आग्रह गर्दै राजनीति बिग्रिएमा त्यसलाई सही बाटोमा ल्याउने कामको नेतृत्व आफूले गर्ने अवगत गराउनुभयो ।

प्रधानमन्त्री ओलीले राजनीति वा सबै क्षेत्रमा सर्वसम्मत हुन नसक्ने सन्दर्भ उल्लेख गर्दै आफूलाई विरोध गर्नेहरू कोही नजिक आएर नबुझिकन विरोध गर्ने, कोही विरोधका लागि विरोध गर्ने र कोहीले सत्यलाई असत्य ठानेर स्वार्थवश अर्काे दलमा भएका कारण विरोध गर्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ’मानिसलाई समृद्धिले मात्रै पुग्दैन, त्रास र असुरक्षा छ भने सुख हुँदैन, समाजमा शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ, अधिकार पायो तर त्यसको प्रयोग गर्ने वा प्रतिभाको प्रस्फुटन हुने वातावरण नभए ऊ सुखी हुँदैन, हामी हरेक व्यक्ति सम्मानित जीवन जिउन पाओस् भन्ने चाहान्छौँ ।’ उहाँले भ्रूणको अवस्थादेखि वृद्धावस्थासम्म सुखी र भयरहित जीवन बाँच्न पाउनुपर्ने भएकाले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा साकार पारेर छाड्ने सङ्कल्प व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?