नेकपामा तेस्रो कित्ता मेरो हो : वामदेव गौतम

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपामा अहिले आफ्नोसहित तीन कित्ता रहेको बताउनुभएको छ ।

प्रचण्ड–नेपाल समूह र ओली समूहको कित्ता पार्टी विभाजन गराउने कित्ता भएको र आफ्नो कित्ता चाँहि मिलाउने कित्ता रहेको नेता गौतमको भनाइ छ । अझै पनि पार्टीलाई मिलाएर जानुपर्छ भन्ने आफ्नो कित्ता भएको भन्दै उहाँले आफूलाई दशौँ हजार मान्छेले फोन गरेर पार्टी एकता जोगाउन आग्रह गरिरहेका बताउनुभयो ।

राष्ट्रिय सभा सदस्यसमेत रहनुभएका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेकपा फुटिनसकेको र अझै पनि पार्टी एकता जोगाउने सम्भावना जीवित रहेको बताउनुभएको हो ।

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जीवित रहने उहाँको भनाइ छ । उपाध्यक्ष गौतमले सङ्गठित रूपमै एकता अभियान अगाडि बढाउने पनि बताउनुभयो ।

आफू प्रतिनिधि सभा विघटनको विपक्षमा भए पनि नेकपाको प्रचण्ड–नेपाल समूहमा भने नजाने उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई दिनदिनै बोलाउने गरेको भन्दै उहाँले आफू कुनै पनि समूहमा नजाने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?