सुदूरपश्चिम नेकपा संसदीय बैठकको निर्णयप्रति ओली पक्षीय ६ सांसदको विरोध

दार्चुला । सुदूरपश्चिम प्रदेश सभाको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओली समूहका ६ जना सांसद बैठकको निर्णयको विपक्षमा उभिएका छन्।

मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार बोलाएको सो बैठकमा नेकपा प्रदेश इन्चार्ज भीम रावलको सहभागितामा रहेको थियो।

तर बैठकमा सहभागी भएपनि ६ जना प्रदेश सांसदले बैठकको ३ बुँदे निर्णयमा हस्ताक्षर गर्न इन्कार गरेका छन्।

प्रतिनिधि सभा विघटनको विरोधमा निर्णयहरु ल्याएपछि हस्ताक्षर नगरेको ओली पक्षीय सांसद महेशदत्त जोशीले बताउनुभयो।

अर्का सांसद नेपालु चौधरीले रेडिमेड निर्णयमा हस्ताक्षर गर्न लगाएपछि आपत्ति जनाउँदै हस्ताक्षर नगरेको प्रतिक्रिया दिएका छन्।

ओली पक्षका पूर्व भौतिक पूर्वाधार मन्त्री समेत रहेका पठान सिंह बोहरा, लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले हस्ताक्षर नगरेका हुन्।

३६ जना सांसद सहभागी रहेको बैठकमा ३० जनाले हस्ताक्षर गरेको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?