सँगै संघर्ष गर्ने प्रचण्ड-नेपालको प्रस्तावलाई मानेन कांग्रेसले

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा संयुक्त संघर्षमा जान नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड(नेपाल पक्षले गरेको प्रस्तावलाई नेपाली कांग्रेसले अस्वीकार गरेको छ।

कांग्रेस र जनता समाजवादी पार्टी नेपालसँग मिलेर नेकपाका प्रचण्ड(नेपाल पक्षले आन्दोलनका कार्यक्रम घोषणा गर्न पर्खिरहेको थियो। तर कांग्रेसले आफूहरू एक्लै संघर्षमा जाने निर्णय गरेको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार एक महिने संघर्षका कार्यक्रम घोषणा गर्दै अझै पनि कांग्रेसलाई पर्खेको बताएका थिए।

तर त्यसको भोलिपल्ट आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अरू दलसँग सहकार्य नगरी आफ्नै संगठनको बलमा संघर्षमा जाने निर्णय गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्र एकमतका साथ प्रधानमन्त्री ओलीको कदमविरूद्ध आन्दोलनमा जाने निर्णय भएको जानकारी दिनुभयो।

कांग्रेसले पुस २५ गते ३३० प्रदेशसभा क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ। माघ ३ र ८ गते स्थानीयस्तरमा प्रदर्शनका कार्यक्रम तय भएका छन्।

शर्माले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेकै दिन पुस ५ मा उक्त कदम असंवैधानिक, अलोकतान्त्रिक भएको ठहर पार्टीले गरिसकेकोले आन्दोलनमा गएको बताउनुभयो ।

कांग्रेसले पुस ६ मा सर्वदलीय बैठकसमेत राखेको थियो।

सर्वदलीय बैठक राखेर नेकपाका प्रचण्ड(नेपाल पक्ष र जसपासँग छलफल गरे पनि कांग्रेस एक्लै सडक संघर्षमा जाने निर्णयमा पुगेको छ।

‘हामीले सर्वदलीय बैठक राखेर साझा धारणा बनाउन खोजेका थियौं,’ शर्माले भन्नुभयो, ‘तर कांग्रेसले प्रधानमन्त्री ओलीलाई मात्र नहेरेर सिंगो नेकपालाई हेर्छ। त्यसैले आफ्नै निर्णय, झण्डा, संगठनको बलबुतामा आन्दोलन गर्छ।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?