आज पनि देशका केही ठाउँमा हिमपात र वर्षाको सम्भावना

दार्चुला । आज पनि देशभरको मौसम बद्ली भएको भएको छ ।

हिमाली र उच्च पहाडी जिल्लामा आज पनि हिमपात र अन्य केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँकाअनुसार वाग्मती प्रदेशका एकरदुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ ।

पश्चिमी वायुको प्रभावका कारण गएको आइतबारदेखि देशभरको मौसम बद्ली भएको छ । यो प्रणालीको प्रभाव भोलिदेखि भने कम पर्ने मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँकाअनुसार भोलि वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश दुई र १ का धेरै ठाउँमा घाम लाग्ने पूर्वानुमान गरिएको छ । तर कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने भोलि पनि मौसम बद्ली भएर हिमपात र वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

आज काठमाण्डौको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?