पार्टी फुटाउनुको एउटा पनि औचित्य देखेको छैन :नेता गौतम

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले नेकपा फुटाउनुको एउटा पनि औचित्य नदेखेको बताउनुभएको छ ।

राष्ट्रिय सभा सदस्यसमेत रहनुभएका गौतमले राष्ट्रिय सभाको बैठकमा नेता गौतमले पार्टीभित्र वादविवाद हुने तर ती वादविवाद पार्टीलाई बलियो बनाउनको लागि हुनुपर्नेमा त्यस्तो नभएको बताउनुभयो ।

‘पार्टी फुटाउनुको कुनै औचित्य नै देख्दिनँ, नेताहरूले किन यस्तो गरिरहनुभएको छ, मैले बुझेको छैन’, गौतमले भन्नुभयो ।

पार्टीका हरेक बैठकमा आफूले नेताहरूको कार्यशैली सुधार्न माग गरेको तर नेताहरू नसुध्रिएको नेता गौतमको भनाइ छ । पार्टीमा समस्या आउनुको मुख्य कारण केपी शर्मा ओली नै रहेको गौतमको दाबी छ ।

‘म प्रधानमन्त्रीको कार्यशैलीको कट्टर आलोचक हुँ, हरेक बैठकमा मैले गलत कार्यको विरोध गरेँ, उहाँले त्यसलाई सकारात्मक रूपमा लिनुभएन, पार्टीमा विवाद आउनुको मुख्य कारण नै उहाँ हो’, गौतमले भन्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?