सर्वोच्चलाई धम्क्याउने गतिविधि बन्द गर्न पूर्व-प्रधानन्यायाधीशलाई प्रधानमन्त्री ओलीको चेतावनी

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधीशहरुले निकालेको वक्तव्यप्रति आपत्ति जनाउनुभएको छ ।

काडमाण्डौमा भएको एक कार्यक्रममा अदालतलाई नधम्क्याउन आग्रह गर्दै उहाँले सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने तथा धम्क्याउनेलगायतका कुनै पनि क्रियाकलाप गर्न नसुहाउने बताउनुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले आफूलाई लोकतन्त्र मास्न लागेको आरोप लगाइएको भन्दै लोकतन्त्र जोगाउन जेलनेल भोगेर आएकाले निर्धारित मितिमै निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले चुनाव चिन्ह, पार्टीको लोगोलगायत पार्टीको आधिकारिकता अरुले दाबी गर्न नमिल्ने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो पार्टीलाई मधेशविरोधी भनि हल्ला चलाए पनि तराई, मधेशको विकासमा दत्तचित्त भएर लागेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?