सत्ता समिकरणमा सुदूरपश्चिमका प्रदेश सांसद पर्ख र हेरको अवस्थामा

दार्चुला । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरु सत्ता समिकरणको जोड घटाउमा पर्ख र हेरको अवस्थामा रहेका छन।

प्रतिनिधिसभा विघटन भएपछि विभाजित देखिएको नेकपाको प्रचण्ड–नेपाल र ओली समूहले सत्ता फेरबदल गर्ने कसरत जारी राखेका बेला दुवैतिरका प्रदेशसभा सदस्यहरु पर्ख र हेरको अवस्थामा रहेका हुन्।

प्रचण्ड–नेपाल समूहभित्र आकांक्षी धेरै हुँदा रिक्त रहेका दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न मुख्यमन्त्रीलाई समेत सकस भइरहेको देखिएको छ ।

प्रचण्ड–नेपाल समूहकै सचेतक अक्कलबहादुर रावलले मन्त्रीका लागि आफ्नो समेत दाबी रहेको खुलाउनुभएको छ ।

उहाँले अन्य प्रदेशसभा सदस्यहरुले समेत सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेपछि सुरु भएको गुटगत राजनीतिको झिल्को भित्रभित्रै सल्कीरहेको छ।

मुख्यमन्त्रीले पूर्वाधार विकास मन्त्रीलाई पद मुक्त गरेपछि ओली समूहको केन्द्रीय सदस्यमा मनोनित आन्तरिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिनुभएको थियो ।

तर स्पष्ट बहुमतका साथ सरकारमा रहेको प्रचण्ड–नेपाल समूहभित्रै आकांक्षी धेरै भएपछि रिक्त मन्त्रालयमा मुख्यमन्त्री भट्टले नयाँ मन्त्री नियुक्त गर्न नसकेपछि सत्ता समिकरणको जोडघटाउ तिव्र बनेको हो।

सघन छलफल र परामर्श बिना जिम्मेवारी दिदा कतै आफ्नै समूहबाट सरकार अप्ठ्यारो त पर्ने होइन भन्ने भयले मन्त्रीपरिषद् विस्तार हुन नसकेको बताइएको छ।

ओली समूहले समेत प्रदेश सरकारको सत्ता हत्याउन आन्तरिक रणनीति र तयारीलाई तिव्रता दिएको बताइएको छ। खासगरि प्रतिपक्षी नेपाली काँग्रेस र जसपासँग सत्ता साझेदारी गरेर अगाडी बढ्न रणनीतिमा लागेको ओली समूहले अहिले नै आफूअनुकुलको वातावरण बनाउन सकेको छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?