प्रतिनिधि सभा विघटनविरुद्धका रिट संवैधानिक इजलासमै सुनुवाइ हुने

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको बहसपछि इजलासले बृहत् पूर्ण इजलास गठनको माग अस्वीकार गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सहभागी रहेको इजलासले रिट निवेदनमा नेपालको संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको माग बमोजिम नपर्ने आदेश दिएको छ ।

अब प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ आइतवारदेखि संवैधानिक इजलासमा निरन्तर हुने भएको छ । सरकारले पनि मुद्दा पूर्ण इजलासमा पठाउन नहुने भन्दै निवदेन दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै सर्वोच्चमा परेका रिटमाथि संवैधानिक इजलासमा छलफल सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?