दार्चुला । नेपाली कांग्रेसले आज देशभरीका सबै पालिकाहरुमा विरोध प्रदर्शन गरिरहेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका लगायत विभिन्न स्थानीय तहमा समेत नेपाली काग्रेशले विरोध प्रदर्शन गरेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको कांग्रेसले पूर्वनिर्धारित कार्यक्रमअनुसार सात सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिरहेको हो ।
गएको पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ वटा पालिका र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवम् सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा र पुस १३ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ।
कांग्रेसभित्र पनि आन्दोलन कि चुनाव भन्ने मत विभाजन भएको चर्चा भइरहेका बेला सभापति शेरबहादुर देउवाले आन्दोलनमा सहभागी हुन नेता कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ । काग्रेश सभापती देउवा अदालतले प्रतिनिधिसभा विघटनको मुद्धा सदर गरे चुनाबमा जाने र पुनस्थापनाको निर्णय भए संसदमा जाने मनस्थितिमा रहेको उहा निकट नेताहरु बताउछन् ।





प्रतिक्रिया