विघटनविरुद्ध जनतामा जानुपर्छ : प्रचण्ड

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा विघटनविरुद्ध जनतामा जाने बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले आफू निकट अखिल नेपाल महिला सङ्घको भेलालाई राजधानीमा सोमबार सम्बोधन गर्नुहुँदै भन्नुभयो, “जनताले आफ्नो फैसला दिन ढिला गर्न हुँदैन । यसले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई पनि सजिलो होला ।”

सर्वोच्च अदालतमा चलिरहेको मुद्दा कानुन व्यवसायीले लड्ने भएकाले जनताको बीचमा पुगेर प्रतिनिधि सभा विघटनविरुद्ध सङ्घर्षको आँधी सिर्जना गर्न पार्टी नेता तथा कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । उहाँले देशव्यापी रूपमा माघ ९ गते हुने सडक प्रदर्शनबाट जनताको अन्तरआत्माको आवाज सुनाउनुपर्नेमा जोड दिनुहुँदै एकाध महिना कडा सङ्घर्षमा उत्रन आह्वान गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?