प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भन्ने भ्रममा नपरौं  : प्रधानमन्त्रीओली

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिनुभएको छ ।

नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गर्नुभयो ।

‘प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु,’ उहाँले भन्नुभयो, ‘हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु।’

प्रधानमन्त्री ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गर्नुभयो।

कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै उहाँले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट पार्नुभयो । ‘हामी हिंसामा विश्वास गर्दनौंँ, जनतामा विश्वास गर्छौँ। विगतमा लडाकुका रकमका नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनियमिततता अब हुँदैन, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?