दार्चुला । विद्युत विस्तारमा ढिलाई गरेको भन्दै स्थानीयहरु आन्दोलीत बनेका स्थानीयहरुले राष्ट्रिय प्रशारण लाईन काटिदिएका छन ।
जिल्लाको शैल्यशिखर नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८ र ९ मा तत्काल विद्युतिकरणको माग गर्दै स्थानीयहरुले बुधबार(आज) पनि शैल्यशिखर नगरपालिका वडा नम्बर ५ बगौरामा महाकाली लोकमार्ग अबरुद्द गर्नुका साथै दार्चुलाको ३३ केभि राष्ट्रिय प्रशारण लाईन समेत काटेका हुन ।
नगरपालिका वडा नम्बर ५, ६,७, ८ र ९ मा तत्काल विद्युत विस्तारको काम थाल्नका लागि स्थानीयहरुले सरोकारवालाहरुलाई माग गरेपनि सुनुवाइ नभएको भन्दै स्थानीयहरु आन्दोलनमा अत्रिएक हुन ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ५ को विद्युत विस्तार संघर्ष समितिले गत पुष २६ गते एक हप्ताको अल्टीमेटम सहित विद्युत विस्तारको काम थाल्न वडा कार्यालय, शैल्यशिखर नगरपालिका कार्यालय, विद्युत वितरण केन्द्र दार्चुला कार्यालय, जिल्ला प्रशासन कार्यालय दार्चुला र निर्माण व्यवसायीलाई ज्ञापन पत्र बुझाएको भएपनि सुनुवाइ नभएको भन्दै हिजोबाट स्थानीयहरुले आन्दोलन गरिहेका छन ।
मंगलबार विहान ११ बजे देखि दिउँसो ३ बजे महाकाली लोकमार्गको बगौरामा सडक अबरुद्द गरेका स्थानीय हरुले आज पनि विहान ११ बजे देखि ३ बजे सम्म सोही ठाउँमा सडक अबरुद्द गरेका स्थानीयहले साँझ ५ बजे बाट राष्ट्रिय प्रशासरण लाईन अबरुद्द गरेको संर्घस समिति अध्यक्ष किसन सिंह डाँगाले जानकारी दिनुभयो ।
विद्युतिकरणको लागी पटक पटक माग गर्दा समेत सम्बन्धीत निकायले चासो नदेखाएको भन्दै बाध्य भएर आन्दोलिन गर्नुपरेको स्थानीयहरुको भनाई छ ।
राष्ट्रिय प्रशारण लाईन अबरुद्द भएपछि दार्चुला जिल्ला सदरमुकाम लगायतका क्षेत्र अन्धकार बनेका छन ।





